पोस्टरमा हेर्नूस् गौरव र अनुको ‘पसिना’



नयाँ वर्ष २०७६ को अवसरमा चलचित्र ‘पसिना’ को पोस्टर सार्वजनिक भएको छ । यो फिल्म यही बैशाख २७ गतेबाट मुलुकभर लाग्दैछ । चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह लिड रोलमा छन् । आर.बि. खत्री ‘शरद’ ले चलचित्र निर्देशन गरेका हुन् ।

सार्वजनिक तीन पोस्टरमध्ये एकमा गौरव र अनुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । भने, दोस्रो पोस्टरमा दुईसँगै अभिनेता सरोज खनाल प्रहरीको बर्दीमा देखिएका छन् । तेस्रो पोस्टरमा चलचित्रको एक गीतमा ठुम्का लगाएकी अभिनेत्री छुल्ठिम गुरुङसहित बाँकी कलाकारहरुलाई पनि स्थान दिइएको छ । यसमा मजदुरहरुको कथाव्यथा समेटिएको छ ।


चलचित्रमा सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ ।

पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशक खत्रीले बताए । निर्देशक खत्रीको कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राईको संगीत, नविन निरौलाको सम्पादन र देव महर्जनको द्वन्द छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu