‘भारत’ मा सलमानको यस्तो लुक्स



अभिनेता सलमान खान अभिनीत चलचित्र ‘भारत’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सलमान फिचर्ड छन् । उनलाई बिल्कुलै नयाँ लुक्समा देख्न सकिन्छ । उनी एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत छन् । पोस्टरबाट अनुमान लगाउन सकिन्न कि, यो मेकअपको कमाल हो । किनकि, उनको लुक्स र मेकअप निकै रियल देखिएको छ ।


सलमानले आफ्नो ट्विटर अकाउन्टमा यो तश्बिर सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।’ ‘भारत’ मा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनको ६ अलग-अलग लुक्स छ । चलचित्र यही इदमा रिलिज हुँदैछ ।

यो चलचित्रमा सलमानका अलावा कटरीना कैफ र दिशा पाटनी पनि प्रमुख भूमिकामा छन् । फिल्ममा ज्याकी श्राफ र सुनील ग्रोवरको पनि अभिनय छ । ‘भारत’ लाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । अली र सलमानको यो तेस्रो सहकार्य हो । योभन्दा अगाडि दुईले ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ बनाएका थिए । दुबै सुपरहिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu