‘वीरविक्रम २’ को ‘वाचा’ गीतमा पल र वर्षाको प्रेम (भिडियो)



जेठ ३ गतेबाट देशभर प्रदर्शनका लागि तयार रहेको चलचित्र ‘वीरविक्रम २’ को दोस्रो गीत ‘वाचा’ सार्वजनिक भएको छ । नयाँ वर्षको उपहार स्वरुप सार्वजनिक गरिएको गीतमा चलचित्रका लिड अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटी रोमान्टिक अवतारमा प्रस्तुत छन् । ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतमा गायक ताराकै संगीत छ ।

सञ्चारकर्मी नरेश भट्टराईले गीतका शब्द सृजना गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा छायाँकार सुदीप बरालले विदेशका सुन्दर लोकेसनहरु कैद गरेका छन् । भिडियोमा राजेन्द्र मोक्तानले राम्रो रंग खेलाएका छन् । पल र वर्षाको केमेस्टी पनि गजब देखिएको छ । फिल्ममा अभिनेता नाजिर हुसेनको पनि प्रमुख भूमिका छ ।

चलचित्रमा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा अपर्ण सापकोटा निर्माताको रुपमा रहेका छन् । ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्देशक मिलन चाम्सले बताएका छन् ।

राजधानीमा आयोजित ‘वाचा’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनले चलचित्र नयाँ कथामा निर्माण भएको बताए । ‘पहिलो पार्टभन्दा ‘वीरविक्रम २’ पूरै अलग रहेर बनेको छ । पात्रहरु नयाँ छन् । कथा नयाँ छ । कमेडी, एक्सन, प्रेम, रोमान्स सबै कुराको स्वाद दर्शकले चलचित्रमा पाउनुहुन्छ’, उनी सुनिए । फिल्ममा पलले वीर, नाजिरले वीक्रम र वर्षाले बादलको भूमिका निभाएका छन् । तीनै स्टार्स चलचित्रलाई लिएर उत्साहित देखिए ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu