चार दिनमा ‘ए मेरो हजुर ३’ ले कमायो चार करोड



अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ ले प्रदर्शनको चार दिनमा ४ करोड कमाउन सफल भएको छ । झरना थापा निर्देशित यस चलचित्रले पहिलो दिन ७५ लाख, दोस्रो दिन १ करोड १४ लाख, तेस्रो दिन १ करोड ५० लाख र चौथो दिन ६२ लाख कमाउँदै चार दिनमा कुल ४ करोड १ लाखको व्यापार गरेको छ ।

मल्टीप्लेक्सहरुले अग्रिम बुकिङमा यो फिल्मलाई न्यून सोज प्रदान गरेका थिए । शुक्रवार नै बम्पर ओपनिङ गरेपछि शनिवारबाट मल्टीप्लेक्सहरुले उच्च सोज बाँढे । शुक्रवार क्यूएफएक्स चेन अन्तर्गतको राजधानीको ५ वटा हलमा यसले ११ सोज पाएको थियो । आइतबार १७ सोज पायो । अन्य मल्टीप्लेक्सहरुले पनि फिल्मको आक्रामक कमाईका कारण सोजमा वृद्धि गरेका छन् ।

सुनिल कुमार थापाले निर्माण गरेको यस चलचित्रले एक सेलिब्रेटी र फ्यानको प्रेमकथा भन्छ । अनमोल र सुहानाका अलावा चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, रेअर राईलगायतका कलाकारहरुको अभिनय छ । दर्शकलाई हँसाउनकै खातिर राखिएका दोहोरो अर्थ जनाउने लामा लामा संवादका कारण चलचित्रको चर्को आलोचना भइरहे पनि दर्शकले भने चलचित्र निकै रुचाएका छन् ।

करीब ६ महिनादेखि हलमा नेपाली चलचित्र राम्रोसँग चलेका थिएनन् । गत वर्ष बजारले स्टार भनेका कलाकारका चलचित्र समेत बक्सअफिसमा ठन्डाराम भएका थिए । हरेक हप्ता फेरिने फिल्म एकपछि अर्को असफल हुन थालेपछि नेपाली चलचित्र क्षेत्र धरासायी हुने अवस्थामा पुगेको थियो । चलचित्रकर्मीबीच नेपाली चलचित्रका दर्शक हराएको चर्चा हुन थालेको थियो । ‘ए मेरो हजुर ३’ ले भने नेपाली चलचित्रका दर्शक फेरि हल फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu