गौरव र अनु स्टारर ‘पसिना’ ट्रेलर रिलिज (भिडियो)



बैशाख २७ गतेबाट मुलुकभर प्रदर्शनमा आउने तरखरमा रहेको चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा मजदुरहरुले भाग्नु परेको समस्यालाई देखाइएको छ । आर.बि. खत्री ‘शरद’ ले चलचित्र निर्देशन गरेका हुन् ।

चलचित्रको सार्वजनिक ट्रेलरमा अभिनेता गौरव पहारी शिक्षक र अभिनेत्री अनु शाह पत्रकारको भूमिकामा देखिएका छन् । दुईले एकसाथ स्क्रिन साझेदारी गरेको यो पहिलो चलचित्र हो । चलचित्रमा अभिनेता सरोज खनाल पुलिस अफिसरको भूमिकामा छन् । चलचित्रमा रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । निर्देशक खत्रीको कथा रहेको चलचित्रको निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । यस चलचित्रलाई राम केसीले खिचेका हुन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu