दोस्रो सातामा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’



चैत २९ गतेबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ शुक्रवारबाट दोस्रो सातामा सफलतापूर्वक प्रवेश गरेका छन् । दर्शकले दुबै चलचित्रलाई रुचाएका छन् । व्यापारमा भने ‘यात्रा’ भन्दा धेरै अगाडि छ ‘ए मेरो हजुर ३’ । ‘यात्रा’ ले प्रदर्शनको तीन दिनमा १ करोड ७५ लाख कमाएको निर्माताको दाबी छ भने ‘ए मेरो हजुर ३’ ले चार दिनमा ४ करोड छापेको रिपोर्ट प्राप्त छ ।

अभिनेत्री झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ मा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । सुहाना निर्देशक थापाकी छोरी हुन् । यो चलचित्रमा उनको कामलाई सबैले प्रशंसा गरेका छन् ।

चलचित्रमा अनमोल युवा स्टार गायक प्रेम र सुहाना प्रेमकी डाइहार्ट फ्यानको भूमिकामा छिन् । सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झा, सरोज खनाललगायतका कलाकारले पनि अभिनय छ ।

यस्तै, सम्राट शाक्य निर्देशित ‘यात्रा’ मा अभिनेता सलिनमान बनिया प्रमुख भूमिकामा छन् । उनको अपोजिटमा डेब्यू गर्ल मलिका महत छिन् । अभिनेता तथा निर्माता केशव भट्टराईले सुशील पोखरेललगायतका निर्मातासँगको सहकार्यमा निर्माण गरेको यस चलचित्रमा सलोन बस्नेत, राजाराम पौडेल, धीरेन शाक्यलगायतले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu