छोराका पिता बने आर्यन सिग्देल



अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ भएको छ । शुक्रवार दिउँसो साढे १२ बजे श्रीमती सपना भण्डारी सिग्देलले बसुन्धारामा रहेको चिरायु अस्पतालमा पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । विवाहको ५ औं वर्षगाँठकै दिन सपनाले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । विवाह अगाडि आर्यन र सपना करीब ४ वर्ष प्रेम सम्बन्धमा थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् ।

आर्यनभन्दा सपना ७ वर्ष कान्छी हुन् । हालै चलचित्र हजार जुनीसम्म को छायांकन सकाएका आर्यन अहिले साम्तेन भुटियाको चलचित्र ‘चच हुई’ मा व्यस्त छन् । प्राप्त तश्बिरमा आर्यन छोरासँग खुसी मुद्रामा देखिएका छन् । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu