पोस्टरमा यस्तो छ ‘जात्रै जात्रा’



जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जात्रै जात्रा’ को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्र रिलिज हुन करिब एक महिना बाँकी रहेको समयमा यसको फस्टलुक सार्वजनिक गरिएको हो । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ ।

एक फस्टलुक पोस्टरमा अभिनेता दयाहाङ राई, विपिन कार्की, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनबाट केही निहालिरहेका छन् । सोही पोस्टरको दायाँतर्फ अभिनेत्री बर्षा राउत, कलाकार राजाराम पौडेललगायत अचम्मित र खुसी हाउभाउमा देखिएका छन् । अर्को पोस्टरमा भने विपिन रिसाएकी वर्षाको हात समातेर तानिरहेका छन् ।

पोस्टरले पनि धेरै हदसम्म दर्शकलाई चलचित्रप्रति कौतुहलता जगाउने देखिन्छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । यस चलचित्रको ट्रेलर वैशाख १३ गते सार्वजनिक हुँदैछ । चलचित्रको दोस्रो गीत ‘जीवन जात्रा हो’ भने दुई दिनमा युट्युबमा आउँदैैछ ।

यस चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई शिवराम श्रेष्ष्ठले खिचेका हुन् । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu