सागर र मेलिनाको गीतमा आकाश, वर्षा, अनुभव र सेड्रिनाको छमछमी (भिडियो)



सागर आले र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । भिडियोमा आकाश श्रेष्ठ, वर्षा राउत, अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन छ ।

सुबोई थापाको कोरियोग्राफी, प्रविन श्रेष्ठको सम्पादन, उज्वल ढकालको कलर संयोजन रहेको छ । भिडियोलाइ एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu