‘जात्रै जात्रा’ को ‘जीवन जात्रा हो’ गीत सार्वजनिक (भिडियो)



जेठ ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र ‘जात्रै जात्रा’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘माया पिरती’ बोलको गीतले चलचित्रको लोभलाग्दो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले ‘जीवन जात्रा हो’ गीत सार्वजनिक गरेको हो । गीतमा गायन र संगीत कालीप्रसाद बाँस्कोटाको छ । गीतको शब्द अर्जुन भट्टराईले रचेका हुन् ।

प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका लिड कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ फिचर्ड छन् । उनीहरुको दोस्तीयारी भिडियोमा निकै रमाइलो तरिकाले देखाइएको छ । सोझो र साधारण मानिसले भोग्ने भोगाईलाई गीतमा रोचक ढंगबाट प्रस्तुत गरिएको छ । गीतले पनि चलचित्र कमेडीप्रधान रहेको प्रस्ट्याउँछ ।

यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । यस चलचित्रको ट्रेलर वैशाख १३ गते सार्वजनिक हुँदैछ । यसमा दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेलको पनि प्रमुख भूमिका छ । हिट फिल्म ‘जात्रा’ को सिक्वेल भएका कारण यो चलचित्रप्रति दर्शकमा निकै ठूलो अपेक्षा छ ।

यस चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई शिवराम श्रेष्ठले खिचेका हुन् । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu