‘राजा’ बन्दै दयाहाङ



‘सेतो सूर्य’ निर्देशक दीपक रौनियार र अभिनेता दयाहाङ राईबीच तेस्रो पटक सहकार्य हुने भएको छ । दुईले यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ चलचित्रमा सहकार्य गरेका थिए । अब चलचित्र ‘राजा’ मा पनि निर्देशक रौनियारले दयाहाङ एक्सन कट गर्ने भएका छन् ।

अहिले चलचित्र ‘राजा’ को स्क्रिप्ट निर्देशक दीपकले लेखिरहेका छन् । चलचित्रलाई निर्देशक तथा निर्माता रामबाबु गुरुङले निर्माण गर्नेछन् । चलचित्रमा दयाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । चलचित्र पल्टिकल ड्रामामा निर्माण हुने बताइएको छ ।

बक्सअफिसमा उम्दा व्यापार नगरे पनि समीक्षकले ‘सेतो सूर्य’ दयाहाङको करिअरको उत्कृष्ट फिल्म भनेका थिए । यो चलचित्रमा उनको अभिनय तारिफयोग्य थियो । उनी स्वयं पनि यो चलचित्रलाई आफ्नो करिअरको उत्कृष्ट फिल्मको रुपमा लिन्छन् । यस फिल्मले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu