‘फन्को’ पछि सौगात र सुवर्णको ‘राम राम’ मा टिमअप



‘फन्को’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘राम राम’ मा शुक्रवार अभिनेता सौगात मल्ल भित्रिएका हुन् । सौगातसँगै शुक्रवार नै चलचित्रमा निर्देशकको रुपमा सुवर्णको पनि प्रवेश भएको हो । यसअघि दुईले चलचित्र ‘फन्को’ मा सहकार्य गरेका थिए ।

हालै बैबाहिक जीवनमा बाँधिएका निर्देशक थापाले लामो समयपछि फिल्म निर्देशन गर्न लागेका हुन् । ‘राम राम’ को कथावस्तु कमेडीप्रधान रहेको बताइएको छ । चलचित्रमा सौगातबाहेक अरु कलाकार फाइनल भएका छैनन् । चलचित्रमा एनआरएनएहरुको लगानी रहने छ । डाइमण्ड स्टार फिल्मस्को ब्यानरमा फिल्म बन्नेछ ।

चलचित्रमा कथा तथा पटकथा दिनेश महतको रहनेछ । चलचित्रको दशैंबाट छायांकन सुरु हुनेछ भने वर्षान्तरमा रिलिज गर्ने तयारी निर्माण टिमको छ । चलचित्र निर्माण अगावै विभिन्न देशमा विदेश प्रदर्शन राइट्स विक्री भइसकेको लेखक महत बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu