विल्सनको निर्देशनमा ‘सेवारो नमस्ते’ (भिडियो)



लिम्बु भाषाका गीतहरु गाएर लोकप्रियताको शिखर चुम्न सफल गायक ब्रबिम शेर्मा लिम्बु यसपटक नयाँ नेपाली गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘सेवारो नमस्ते….’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको छ ।

दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत निर्देशनको उक्त गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन् । साढे ११ मिनेट लामो उक्त गीतको म्युजिक भिडियालाई लोकप्रिय हास्य अभिनेता विल्सन बिक्रम राईले निर्देशन् गरेका हुन् ।

भिडियोमा विल्सन आफैंले अभिनेत्री एलिशा राईसंग अभिनय गरेका छन् । भिडियोमा विल्सन र एलिशासंगै सुरेन्द्र बसेलले पनि अभिनय गरेका छन् । भिडियोमा बसेलकै कोरियोग्राफी छ । नवराज उप्रेतीको छायांकनको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

गायक ब्रबिम शेर्मा लिम्बूले गाएका लिम्बु गीत्हरुको एल्बमको संख्या नै आधा दर्जनभन्दा बढि छ । ब्रबिमले तीन दर्जनभन्दा बढि नेपाली गीत समेत रेकर्ड गराइसकेका छन् । एक सय भन्दा बढि लिम्बु गीत रेकर्ड गराइसकेका यी गायकले ५० भन्दा बढि लिम्बु गीतलाई संगीतबद्ध समेत गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu