‘बीर विक्रम २’ पोस्टरमा प्रेम र मित्रता



जेठ ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउनका लागि तयार रहेको मिलन चाम्सको निर्देशन र निर्माणमा बनेको चलचित्र ‘बीर विक्रम २’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीतले राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा चलचित्रका चार लिड कलाकार फिचर्ड छन् ।

सार्वजनिक ६ पोस्टरमध्ये दुईमा अभिनेत्री वर्षा सिवाकोटीलाई अभिनेता द्वय पल शाह र नाजिर हुसेनको अंगालोमा रोमान्टिक मुडमा देख्न सकिन्छ । भने, तेस्रो पोस्टरमा तीन स्टार्स खुसी मुद्रामा देखिएका छन् । बाँकी तीन पोस्टरमा पल, नाजिर र वर्षासँगै कलाकार बुद्धि तामाङ पनि देखिएका छन् । चलचित्रमा उनी नेगेटिभ रोलमा छन् ।


केही दिनमा निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गर्दैछन् । यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘बीर विक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता चाम्स फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको बताउँछन् । ‘बीर विक्रम’ मा नाजिरसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए ।

‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् । उनले निर्देशक चाम्सका हरेक चलचित्र खिच्दै आइरहेका छन् । अपर्ण सापकोटा निर्माता रहेको चलचित्रमा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu