मेलिना र प्रशान्तले गाए परदेशीको पीडामा गीत, शिल्पा देखिइन् पीडामा (भिडियो)



काठमाण्डौ। नेपाल रेमिट्यान्सले चलेको देश हो । यसको मतलब धेरै नेपालीहरुले वैदेशिक रोजगारीबाट आफ्नो परिवारको लालन पालन गर्नुरपर्ने बाध्यता छ । विदेशीएका हरेकका आ-आफ्नै सुख-दु:खका कहानी छन् । यसैबीच परदेशी पतिको पर्खाईमा रहेकी पत्नीको पीडामा बनेको एक गीतको भिडियो रिलीज भएको छ ।

मेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीतमा प्रशान्त आँफैले संगित भरेका छन् । नायिका शिल्पा पोखरेलले अभिनय गरेकी छन् । शिल्पासँगै सुमन खतिवडाले पनि अभिनय गरेका छन् । भिडियोको निर्देशन गायक पौडेलले नै गरेका हुन् ।

भिडियोमा पति वियोगको पीडा समेटिएको छ । गीतले विदेशिएको पतिले आफु फर्केर आउने बचन पुरा गर्न सकेका छैनन् । घरमा भएकी पत्नीले पतिको लास मात्र भेट्न पाउँछिन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu