पोस्टरमा हेर्नुस् ‘कठपुतली’



हरर चलचित्र ‘कठपुतली’ प्रदर्शनमा लागि तयार भएको छ । प्रदर्शन मिति तय नभएको यस चलचित्रको निर्माण टिमले बुधवार फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । चलचित्रको थिममा आधारित रहेर पोस्टर तयार पारिएको छ । यस चलचित्रको कथा पूर्ण काल्पनिक रहेको बताइएको छ ।

लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले देशका प्रजा परिश्रमी तर शासक भने ऐश आराम तथा विलासिताको जीवन विताउने क्रममा दिनदहाडै निर्दोष चेलीको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै ‘कठपुतली’ को रहेको बताएकी छन् । उनका अनुसार, यो चलचित्र हरर भएता पनि पूर्णतया मौलिक छ । अन्य हरर चलचित्रभन्दा ‘कठपुतली’ भिन्न रहेको निर्माता पृथ्वी राना मगरले बताए ।


यसलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । लामाले यसअघि लघु चलचित्रबाट विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड जितिसकेका छन् । उनले ‘कठपुतली’ बाट फिचर चलचित्रमा डेब्यू गरेका हुन् । ‘यो चलचित्र हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर चलचित्र मेरो रोजाइको विषय हो र यो चलचित्र मेरो ड्रिम प्रोजेक्ट हो ।’

चलचित्रको पोस्ट प्रोडक्सनको काम हाल लण्डनमा भइरहेको छ । यस चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापालगायतका कलाकारहरुको अभिनय छ । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्मातामा पृथ्वी राना मगर र ईश्वर राई हुन् । सह-निर्मातामा माईक अर्याल, विशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu