‘छक्का पञ्जा’ मल्टीप्लेक्स खोल्दै ‘छक्का पञ्जा’ टिम



हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले चलचित्र निर्माणसँगै अब मल्टीप्लेक्स हल निर्माणमा पनि हात हाल्ने भएको छ । हरेक वर्ष एक ब्लकबस्टर चलचित्र दिइरहेका उनीहरुले चाँडै राजधानीमा ‘छक्का पञ्जा’ मल्टीप्लेक्स सञ्चालनमा ल्याउँदैछ ।

यसअघि यो नाममा मोफसलमा मल्टीप्लेक्स हल सञ्चालनमा ल्याउने दीपक-दीपा समुहको तयारी थियो । अब काठमाडौंमै मल्टीप्लेक्स निर्माणको योजना अगाडि बढाइएको छ । मोफसलमा तत्काल लगानी गर्नु जोखिम हुने ठानेर राजधानी रोजेको दीपकराजले बताएका छन् ।


मानिसहरुको बढी चहलपहल हुने मल हेरेर मल्टीप्लेक्स हल सञ्चालनमा ल्याउने उनले जानकारी दिएका छन् । उनका अनुसार, ‘छक्का पञ्जा’ मल्टीप्लेक्स संयुक्त लगानीमा निर्माण हुनेछ । दीपकराजले इच्छुकसँग हल निर्माणमा सहकार्य गर्न सकिने बताए । यही शुक्रवार उनको टिमले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा २’ दोस्रो पटक हलमा प्रदर्शनमा आउँदैछ ।

दीपक-दीपा टिमले यस वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरेर नयाँ नाममा दुई चलचित्र निर्माण गर्दैछ । निर्माता रोहित अधिकारीको एकल लगानी रहने चलचित्र ‘छ माया छपक्कै’ मा ५० प्रतिशत मुनाफा लिने सर्तमा उनीहरुको टिमअप भएको छ । योसँगै ६० प्रतिशत मुनाफा लिने सर्तमा ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनवारको एकल लगानी रहने अनटाइटल प्रोजेक्टमा पनि दीपक-दीपा टिमले सहकार्य गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu