प्रदर्शन भयो ‘कालो वर्ष’, फेरि हलमा ‘छक्का पञ्जा २’



फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि शुक्रवारबाट नयाँ नेपाली चलचित्र ‘कालो वर्ष’ र पुनः प्रदर्शनमा आएको छ । हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स – इन्ड गेम’ को डरले चलचित्र ‘दाल भात तरकारी’ एक हप्ता पछाडि सरेपछि ‘कालो वर्ष’ र ‘छक्का पञ्जा २’ ले शुक्रवार (बैशाख १३) लाई प्रदर्शन मिति घोषणा गरेका थिए । दुबै चलचित्र सिंगल स्क्रिनमा मात्र रिलिज भएका छैनन् ।

लक्षु गौतमको निर्देशन रहेको ‘कालो वर्ष’ मा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । चलचित्रलाई रामेश्वर हुमागाइँले खिचेका हुन् । पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसमा योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानी छ ।

यस्तै, केही सिन थपघट गरेर पुनः प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । पुनः प्रदर्शनमा चलचित्रले गरेको व्यापारको ५० प्रतिशत समाजसेवामा खर्चिने निर्माता तथा कलाकार दीपकराज गिरीले घोषणा गरिसकेका छन् । यसमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu