‘दाल भात तरकारी’ गीत रिलिज, प्रियंकाको हट अवतार (भिडियो)



यही बैशाख २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘दाल भात तरकारी’ को आइटम गीत सार्वजनिक भएको छ । ‘एन्टिबायोटिक खाऊँला’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले बोल्ड ठुम्का लगाएकी छन् । गीतमा मिना निरौलाको स्वर छ । गीतको शब्द बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेका हुन् भने शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् ।

गीतको भिडियो चितवनमा खिचिएको हो । यो चलचित्रमा अभिनेत्री प्रियंका कार्की सार्वजनिक गीतमा मात्र देखिनेछिन् । यसअघि मह सञ्चारले बनाएको चलचित्र ‘शत्रु गते’ मा भने उनी लिड रोलमा थिइन् । चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् । ‘भिजिट भिषामा’ र ‘दाल भात तरकारी’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रले अमेरिका जानका लागि मरिहत्ते गर्ने एक परिवारको कथा भन्छ ।

यसमा हरिवंश र निरुताले श्रीमान् श्रीमतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुताले फिल्ममा लिड रोल निभाएकी हुन् । ‘दाल भात तरकारी’ मा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्यलगायतको अभिनय छ । चलचित्रका निर्देशक सुदन केसी हुन् ।

चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, सुमित मैनाली, अनुराग कुँवर, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको चलचित्रका गीतमा कोरियोग्राफी छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu