‘मन्द–मन्द’ निर्माण हुने, विनय, प्रमोद र रविन्द्र अनुबन्धित



सस्पेन्स कथामा चलचित्र ‘मन्द–मन्द’ निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा अनुबन्धित भइसकेका छन् भने केही कलाकार छनोट कार्य हुँदैछ । चलचित्रको छायांकन बैशाख तेस्रो साताबाट हुने बताइएको छ ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा बन्ने चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको चलचित्रको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा हुने निर्देशक सेनले जानकारी दिए । दिब्यराज सुबेदीले चलचित्र खिच्नेछन् ।

चलचित्रका गीतको कोरियोग्राफर रामजी लामीछाने छन् । ‘मन्द–मन्द’ मा नेपाली समाजमा विद्यमान बेथितिको विषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने निर्देशक साने बताउँछन् । यसअघि यो टाइटलमा अभिनेता पुष्प खड्का र शिल्पा पोखरेललाई लिएर निर्देशक नवल नेपाल चलचित्र बनाउने तयारीमा थिए । तर, विभिन्न कारणले निर्माण हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu