‘भागवत गीता’ मा अनमोल र सुहानालाई दोहोर्‍याउँदै झरना



अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले फेरि एकसाथ काम गर्ने भएका छन् । गएको चैत २९ मा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘ए मेरो हजुर ३’ पछि उनीहरुको जोडी चलचित्र ‘भागवत गीता’ मा बाँधिने भएको छ । यस चलचित्रलाई पनि झरना थापाले निर्देशन गर्नेछिन् ।

झरना यो चलचित्र ‘ए मेरो हजुर २’ रिलिजपछि निर्माण गर्ने तयारीमा थिइन् । तर, विभिन्न कारणले केही पछाडि धकलिएको थियो । अब भने यो चलचित्र यस वर्ष निर्माण हुने निश्चित भएको छ । झरनाले चलचित्रमा अनमोल र सुहाना फाइनल भएको जानकारी आफ्नो आधिकारिक फेसबुकमार्फत गरेकी छन् ।

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा अनमोल र सुहानासँगको एक तश्बिर साझेदार गर्दै अंग्रेजीमा लेखेकी छन्, ‘विथ माई भागवत गीता ।’ ‘ए मेरो हजुर ३’ रिलिज लगत्तै अनमोलले यो चलचित्रको स्क्रिप्ट पढेका थिए । उनीसँग केही दिन अगाडि निर्माण टिमको कागजी सम्झौता भएको जानकारी प्राप्त छ ।


चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन् । केही दिनमा अभिनेत्री सुहानाको जन्मदिनमा चलचित्रको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा निर्माता थापा छन् । ‘ए मेरो हजुर ३’ पछि धेरै दर्शकले अनमोल र सुहानाको जोडी फेरि हेर्ने इच्छा व्यक्त गरेका थिए । अन्ततः ‘भागवत गीता’ मा दुईको जोडी बाँधिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu