नेपाली म्युजरले गर्‍यो टिकटकरको भेला



टिकटकमा चर्चित प्रयोगकर्ताहरु शनिबार सुकेधारास्थित एक क्याफेमा भेला भए । सधै टिकटकमा एकअर्काका प्रस्तुत हेरेर रमाइरहेका उनीहरुबीच प्रत्यक्ष भेटघाट सम्भव गराएको हो, नेपाली म्युजरले । नेपाली म्युजर बिगत दुई बर्षदेखि टिकटकमा सक्रिय छ ।

नीरज लायन श्रेष्ठ र उनको टिमले संचालन गर्ने नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीतको प्रबद्र्धन तथा बिस्तारमा जोड दिदै आइरहेको छ । टिकटक प्रयोगकर्ताहरु बीच आत्मीयता स्थापना गर्नका लागि ‘मिट एण्ड ग्रिट’ आयोजना गरिएको जानकारी निरजले दिए ।


नयाँ तथा पुराना एक सयभन्दा बढी टिकटक प्रयोगकर्ता युवायुवती भेला भएको कार्यक्रममा उनीहरुले अभिनय, क्यारिकेचर, डान्सका साथै गीत गाएका थिए । प्रत्यक्ष भेटघाटमा एकले अर्काको टिकटक प्रस्तुतिबारेमा प्रतिक्रिया दिनेसमेत गरेका थिए । कार्यक्रममा आयोजक नेपाली म्युजर र त्यसका एडमीनले केक काटेर रौनक थपेका थिए ।

‘टिकटक युजरहरुलाई युनाइट गरौ भनेर कार्यक्रम गरिएको हो,’ आयोजक संस्थाका प्रमुख निरजले भने,‘खासमा हाम्रो यो पाँचौ गेट–टुगेदर हो । तर यो चाहिँ सबैभन्दा ह्यज हो ।’ उनले टिकटक प्रयोगकर्ताहरु स्वस्र्फुत रुपमा उपस्थित भएको बताए । उनले आफूहरु छिट्टैनै पोखरामा अनि देशका अन्य शहरहरुमा मिट एण्ड ग्रिट गर्ने योजनामा रहेको बताए ।

बिशेषतः युवा बर्गमा चर्चित टकटकमा कतिपयका लाखौं फलोअर्स छन । टिकटकबाटै कलाकार,मोडल बन्नेहरु पनि थुप्रै छन् । नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीत अप्लोड गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu