दोहोरी गीतमा केकीको अभिनय (भिडियो)



अभिनेत्री नायिका केकी अधिकारीले ‘फल मिठो’ बोलको दोहोरी गीतमा अभिनय गरेकी छिन् । उनी अभिनीत गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको उक्त गीतमा डि.एन. जोशीको शब्द रचना रहेको छ ।

गीतमा संगीत राजेश बर्देवाको रहेको छ । गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा नायिका केकीसँगै रबिन्द्र टिटुङ्गको अभिनय रहेको छ । करन चैंसिरले छायांकन गरेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।

यस गीतको भिडियो सार्वजनिक कार्यक्रमा लोक दोहोरि प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी, समाजसेवी तथा संगीतप्रेमी पृथ्वी थकाली, शर्मिला तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले गायक संगीतकार तथा एरेन्जर राजेश बर्देवाको प्रशंशा गरेका थिए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu