निता ढुंगाना र आमेश अभिनित म्यूजिक भिडियो सार्वजनिक



काठमाण्डौ। नायिका निता ढुंगाना र नायक आमेश भण्डारी अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा नीता र आमेश जोडी बनेका छन् ।

केहि बर्ष पहिले गहिरो प्रेममा रहेका नीता र आमेशको झण्डै तीन बर्ष अगाडी ब्रेकअप भएको थियो । ब्रेकअप पछि आ-आफ्नो तरिकाले काम गरिरहेका उनिहरुले पहिलोपटक म्यूजिक भिडियोमा काम गरेका हुन् । यसअघि उनिहरुले दुई चलचित्रमा सँगै काम गरेका थिए । यो भिडियोमा अभिनय गरेसँगै आमेश र नीताको प्याचअप भएको खबरहरु पनि बाहिरिएका थिए । यद्यपी उनिहरु भने अहिले आफुहरु मिल्ने साथी भएको बताउँछन् ।

नायक भण्डारी आँफै गायक समेत हुन् । उनले यसअघि आफ्ना गीतहरुमा मात्र अभिनय गर्दै आएका थिए । नीताले अभिनय गर्ने भएपछि गीत पनि राम्रो भएको कारण पहिलो पटक अरुको गीतमा अभिनय गरेको उनले बताए । यसबाट नीता र आमेशबीच पुन: सम्बन्ध सुध्रिएको अनुमान लगाउन सकिन्छ ।

मिलन सुर्खेतीको संगीत रहेको यस गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्रा‍फी गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu