प्रभासको ‘साहो’ टीजर सार्वजनिक (भिडियो)



‘बाहुबली’ फेम्ड अभिनेता प्रभास स्टारर चलचित्र ‘साहो’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरबाट चलचित्र एक्सन र रोमान्सले भरिपूर्ण रहेको अनुमान लगाउन गाह्रो पर्दैन । टीजर जबरजस्त बनेको छ । बलिउड र टलिउडले मिलेर यो चलचित्र बनाएको छ । दर्शकलाई घोषणादेखि नै यस चलचित्रको ट्रेलर र टीजरको व्यग्र प्रतिक्षा थियो ।

‘बाहुबली’ पछि प्रभास एकपटक फेरि ‘साहो’ मा फरक भूमिकामा देखिँदैछन् । यो चलचित्रबाट अभिनेत्री श्रद्धा कपूरले तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्दैछिन् । चलचित्रलाई सुजीतले निर्देशन गरेका हुन् । चलचित्रको टीजर हिन्दीसँगै अन्य तीन भाषा पनि रिलिज गरिएको छ । टीजरमा श्रद्धा र प्रभासको जोडी रोमान्स गर्दै देखिएको छ ।

केही दिन अगाडि श्रद्धा कपूर र प्रभासको एक फोटो लिक भएको थियो । लिक भएको तश्वीरमा दुई रोमान्टिक सिन सुट गर्दै देखिएका थिए । यो फिल्म तेलुगुसँगै हिन्दी, तमिल र मलयालम भाषामा रिलिज हुनेछ । चलचित्रमा प्रभाससँगै श्रद्धालाई पनि एक्सन गर्दै देखिनेछ । यो चलचित्रको ९० प्रतिशत एक्सन पूरै रियल हो ।

प्रभास भन्छन्, ‘दर्शकलाई असली एक्सनको थ्रिल महशुस हुन सकोस् भनेर हामीले चलचित्रमा सबैकुरा रियल गर्ने कोशिश गरेका छौँ ।’ चलचित्रमा ज्याकी श्राफ, मन्दिरा बेदी र नील नीतिन मुकेशको पनि प्रमुख भूमिका छ । चलचित्रको निर्माण यूवी क्रिएशनका वामसी, प्रमोद र विक्रमले गरेका हुन् । ‘साहो’ यस वर्षको १५ अगस्टमा रिलिज हुँदैछ ।

टीजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu