चाइनिज न्युइयर धमाकामा रिमिक्स धमाका हुँदै



[one_half last=”no”]remix-dhamaka

मलेसियन चाडका रुपमा लिइने चाइनिज नयाँ वर्षको अवसर पारेर गत वर्षहरुमा जस्तै यस वर्ष पनि रिमिक्स धमाका हुने भएको छ । जिरो माइल एसडीएन बीएचडीको आयोजनामा गरिन लागिएको रिमिक्स धमाका-७ का लागि बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराईयो ।

यो कार्यक्रम मलेसियाको मुख्य तीन शहरहरुमा हुन र अहिले कार्यक्रमको मार्केटिङ्ग, पोष्टरिङ्गको काम द्रुततर गतिमा अगाडि बढिरहेको कार्यक्रम संयोजक सुनिल चालिसेले पत्रकार सम्मेलनमा बताएका छन् । प्रभु मोबाइलको प्रायोजनमा हुन गइरहेको सो कार्यक्रम आगामी जनवरी ३१, फेब्रुअरी १ र २ मा मलेसियाको तीन प्रमुख शहरहरु क्वालालम्पुर, जोहोरबारु, मुआरमा हुनेछ ।

[/one_half]

संयोजक चालिसेले कार्यक्रममा बोल्दै नेपाली कलाकारहरुले सो क्षेत्रमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान प्रदान गरेर एकातिर नेपालीहरुलाई केही समय भए पनि टेन्सनबाट मुक्त बनाएको र अर्कोतिर जिरो माइलले गरेको रिमिक्स धमाकाले नेपाली कलाकार र विदेशमा रहने नेपालीबीचको सम्बन्धलाई नजिक बनाएको बताएका छन् ।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, गायिका विष्णु चेमजोङ, लोक दोहोरी गायिका मन्जु महत, गायक मिङ्मा शेर्पा लोकदोहोरी गायक शिव हमाल उपस्थित भएका थिए । उनीहरुले आफूहरु विदेशमा गएर नेपालीसागको सम्बन्धलाई नजिक बनाउने बताउादै सम्पूर्ण नेपालीहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने बताएका छन् । विदेशमा हुने कार्यक्रम नेपालमा पत्रकार सम्मेलन भन्ने पत्रकारको जिज्ञासामा आयोजक तर्फबाट चालिसेले नेपालीकै कार्यक्रम, नेपाली कलाकारको उपस्थिति र नेपालीहरुकै लागि गरिएको कार्यक्रम भएको हुँदा नेपालदेखि नै पत्रकार सम्मेलन गरिएको बताएका थिए ।

रिमिक्स धमाका-७ का लागि अभिनेता शिव श्रेष्ठ, गायिका विष्णु चेमजोङ, लोक दोहोरी गायिका मन्जु महत, गायक मिङ्मा शेर्पा लोकदोहोरी गायक शिव हमाल, अभिनेत्री अनु शाह, कलाकार विष्णु सापकोटा (हर्के हल्दार) कार्यक्रमका लागि जाँदैछन् ।

नेपालको तर्फबाट यसभन्दा अघि प्रमोद खरेल, शिव परियार, माण्डवी त्रिपाठी, विरही कार्की, रामजी खाँड, अनु शाह, रीमा विश्वकर्मा, सुषमा कार्की, शिवशंकर रिजाल (जोगिन्दर), सुरेन्द्र केसी (मुलाको साग), भुवन केसी, दिनेश डिसी लगायतका कलाकारहरुले उक्त ठाउँमा आफ्नो प्रस्तुति दिएर आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu