शिवहरीको ‘लक्का जवान’ मा प्रियंका



अभिनेत्री प्रियंका कार्की हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गर्न लागेको चलचित्र ‘लक्का जवान’ मा भित्रिएकी छन् । बुधबार चलचित्रका सह-निर्माता किरण केसीको कार्यालयमा उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको छ । यसअघि चलचित्र ‘छक्का पञ्जा’ मा प्रियंका र शिवहरीले सँगै काम गरेका थिए ।

‘लक्का जवान’ मा प्रियंकाको भूमिकाको बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । तर, चलचित्रकी उनी सोलो हिरोइन भने होइनन् । अझै दुई अभिनेत्रीको प्रवेश हुने स्रोत बताउँछ । यो चलचित्रमा अभिनेता दीलिप रायमाझी पनि सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा प्रमुख भूमिकाका लागि शिवहरीले दीलिपकी छोरी दिव्यालाई अफर गरेका छन् ।

हाल अमेरिकामा रहेकी दिव्याको चलचित्र खेल्ने इच्छा भएता पनि ‘लक्का जवान’ गर्ने/नगर्ने निर्णय दिएकी छैनन् । यद्यपि, चलचित्रमा प्रवेश अगावै उनको सुन्दरताको चलचित्र क्षेत्रमा चर्चा सुरु हुन थालेको छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’ मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu