हलमा ‘हजार जुनीसम्म’



भेट्रान निर्देशक विकासराज आचार्य निर्देशित यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्येको एक ‘हजार जुनीसम्म’ बिहीबारबाट देशैभर प्रदर्शनमा आएको छ । रक्षा बन्धन र जनै पूर्णिमाको अवसरमा प्रदर्शनमा आएको यो चलचित्रले खडेरी लागेको नेपाली चलचित्रको व्यापार चलायमान बनाउने अपेक्षा राखिएको छ ।

यसमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा विशाल चाम्लिङ छन् ।

यो चलचित्रले मल्टीप्लेक्समा राम्रो सोज हात पारेको छ । अधिकांश सिंगल थिएटरमा आफ्नो उपस्थिति जनाएको छ । जेठमा प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ पछि कुनै चलचित्रले गतिलो व्यापार गर्न नसकेको अवस्थामा ‘हजार जुनीसम्म’ ले दर्शकको ठूलो भीड हलसम्म डोर्याउन सफल हुने विश्लेषण गरिएको छ । यो चलचित्रमाथि दर्शकको पनि ठूलो अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu