बन्ने भयो ‘रिजन अफ रिया’



नयाँ चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । यो चलचित्रको बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साइतमा मुहूर्त गरियो । मुहूर्तसँगै बिहिबारबाटै यो फिल्मको छायाँकन सुरु गरिएको छ ।

यो चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् ।

धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्दैछन् । काठमाडौंबाट यो चलचित्रको छायाँकन सुरु भएको छ । काठमाडौं पछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायांकन गरिने यसका निर्देशक मिलनले जानकारी गराए ।

यो चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह निर्मातामा कुमार जँग कार्की रहेका छन् । यस्तै यसमा देब महर्जनको द्वन्द्व निर्देशन, यम आलेको छायांकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu