काठमाण्डौमा खुल्यो नयाँ चलचित्र क्याम्पस



काठमाण्डौ। चलचित्र बिषयमा अध्यापन गराउन नयाँ क्याम्पस शुरु भएको छ । काठमाण्डौको मध्यबानेश्वरमा त्रिभुवन विश्व विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो ।

यो क्याम्पसमा चार बर्षे स्नातक अध्यापन हुने प्रिन्सिपल शिशिर उप्रेतीले बताए । आईतबार पत्रकार भेटघाट गर्दै क्याम्पसले चलचित्र अध्ययनका लागि भर्ना सुरु गरेको र नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीहरुलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा ल्याएको बताईयो ।

उक्त क्यापम्समा चलचित्र लेखन, निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय तथा ध्वनी सम्बन्धी पाँच विषयमा अध्यापन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu