‘घामड शेरे’ पोस्टर रिलीज



काठमाण्डौ। निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई फिचर गर्दै चलचित्र ‘घामड शेरे’को पोस्टर रिलीज भएको छ ।

निर्देशक हेमराज विसी निर्देशित यस चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् तर सोमबार रिलीज पोस्टरमा भने निश्चल मात्र देखिएका छन् । ‘घामड शेरे’ मा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको छ ।

यो चलचित्र रोमान्टिक–कमेडी जनरामा निर्माण भएको बताइएको छ । निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् । पोस्टरमा यो फिल्म आउँदो कार्तिक ८ गते प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu