‘प्रेमगीत ३’ को मोसन टिजरमा प्रदीपको यस्तो रुप



लामो समयदेखि विभिन्न कारणले चर्चामा रहेको चलचित्र ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । कात्तिक २२ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रको टिजर पोस्टरमा चकलेटी ब्वाई प्रदीप खड्का फिचर्ड छन् । उनलाई योद्धा अवतारमा देख्न सकिन्छ । घोडामा सवार उनको अनुहार रगतले लतपतिएको छ । उनको लुक्सले दर्शकमा चलचित्रप्रति कौतुहलता जागृत गर्ने देखिन्छ ।

 छायांकन अगावै आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘प्रेमगीत ३’ मा प्रदीपले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदैछन् । भने, यसपटक ‘गीत’ को भूमिकामा नव-अभिनेत्री क्रिस्टिना गुरुङ देखिँदैछिन् । यो चलचित्रको अघिल्लो दुई सिरिज प्रेममा आउने उतारचढावमा केन्द्रित थियो । तेस्रो श्रृंखला २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको हो ।

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर चलचित्रको निर्देशन गर्दैछन् । प्रदीप र क्रिस्टिनाका अलावा चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता शिवले चलचित्रमा राजाको भूमिका निभाउँदैछन् ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार सेन र ओएसआर डिजिटल सह-निर्मातामा छन् ।

मोसन टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu