सौगातको ‘लप्पन छप्पन २’ शिवरात्रीमा नआउने



आउँदो फागुन ९ गते महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । भिएफएक्सको काम नसकिने भएपछि फिल्मको रिलिज डेट पोस्टपोन्ड गर्नु परेको निर्देशक मुकुन्द भट्टले बताए । उनका अनुसार, चलचित्रलाई अब अर्को वर्षको बैशाख ५ गते प्रदर्शन गर्ने तयारी भैरहेको छ ।

यो चलचित्र गएको तीन वर्षअघिको चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेल हो । अघिल्लो श्रृंखलामा सौगात मल्ल, दयाहाङ राई अर्पण थापा, वर्षा सिवाकोटीलगायतका कलाकारहरुको प्रमुख भूमिका थियो । सिक्वेलमा दयाहाङ र वर्षा अटेका छैनन् । भने, सौगात र अर्पण यथावत छन् । चलचित्रमा शिव श्रेष्ठ, अनुपविक्रम शाही, सुपर गुरुङ, अन्ना ढकाल, शक्ति श्रेष्ठ थपिएका छन् ।

चलचित्रमा दयाहाङको ठाउँमा शक्तिको प्रवेश भएको हो । उनी अभिनेता शिव श्रेष्ठका जेठा छोरा हुन् । ‘लप्पन छप्पन २’ को केही दिनअघि मात्र छायांकन सकिएको हो । नेपाल र अष्ट्रेलियामा छायांकन भएको चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भैसकेको छ । जसमा सौगात र अर्पण फिचर्ड छन् । पोस्टरमा दुईको भिन्न लुक्सले दर्शकमा चलचित्रप्रति कौतुहलता बढाएको छ ।

चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता प्रकाश कुँवर र निर्मल कुमार मिश्र हुन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रका गीतमा मिस्टर आरजे, शम्भुजित बाँस्कोटा र दिपक आरजेको संगीत छ । इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बनेको चलचित्रलाई ‘डेन्जरस गेम’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu