बलिउड अभिनेत्री डेजी शाह नेपालमा



सलमान खान स्टारर चलचित्र ‘जय होस्’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री डेजी शाह नेपाल आएकी छन् । भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा शनिबार नेपाल ओर्लिएकी हुन् । उनले शनिबार साँझ त्यहाँ आफ्नो प्रस्तुती दिएकी छन् । ‘सेलिब्रेटी नाइट्स’ कार्यक्रममा उनले आफूले अभिनय गरेका चलचित्रका गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । डेजी आइतबार स्वदेश फर्किने बताइएको छ ।

चलचित्र ‘हेट स्टोरी ३’ मा बोल्ड सिन दिएर चर्चामा आएकी उनी पछिल्लो पटक चलचित्र ‘रेस ३’ मा देखिएकी थिइन् । पहिलो पटक नेपाल आएकी डेजीले नेपाल भ्रमणबारे सामाजिक सञ्जालमा भने कुनै जानकारी दिएकी छैनन् । टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा यसअघि बलिउड अभिनेत्रीहरु उवर्षी रौतेला, प्राची देसाई, अमिसा पटेललाई पनि नेपाल आइसकेका छन् ।

ठूलो लगानीमा खुलेको टाइगर प्यालेस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बलिउड सेलिब्रेटीलाई झिकाएर महिनैपिच्छे सांगीतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । आफ्नो प्रस्तुती दिन भारतबाट आउने कलाकारलाई उक्त रिसोर्टले लुम्बिनीका विभिन्न स्थानको समेत भम्रण गराउने गरेको छ । यो रिसोर्टमा अभिनेता राजेश हमाल समेत पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu