जापानमा रुचाइयो पुष्पको ‘मारुनी’



नेपाल प्रदर्शनपछि नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ को पहिलो विदेश प्रदर्शन जापानमा भएको छ । जापानको नागोया फुसीमा मिलिओन थिएटरमा यो चलचित्रको प्रदर्शन गरिएको हो । जसका लागि केही दिन अगाडि नेपालबाट अभिनेता पुष्प खड्का र निर्माता पुनम गौतम जापान पुगेका थिए । जापान प्रदर्शनमा चलचित्रले प्रशंसा बटुलेको छ ।

चलचित्र हेर्नका लागि दर्शकको सुखद उपस्थिति रहेको निर्मात्री गौतमले बताइन् । उनले चलचित्र हेर्ने अधिकांशले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेको भन्दै खुसी व्यक्त गरिन् । पहिलो पटक आफू अभिनीत चलचित्रको प्रदर्शनका लागि जापान पुगेका अभिनेता पुष्प दर्शकबाट प्राप्त प्रतिक्रियाले खुसी देखिएका छन् । चलचित्रमा उनी विजनेशम्यानको भूमिकामा छन् ।

चलचित्रलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका हुन् । ‘मारुनी’ को शो जापानको टोकियो र ओसाकामा पनि हुने बताइएको छ । त्यस्तै, यो चलचित्रको अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा चलचित्रको प्रदर्शन हुन लागेको हो । चलचित्रमा साम्राज्ञी आरएल शाहको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu