मंसिर २१ गतेलाई तोकियो ऋचाको बिहेको मिति



भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी ऋचा शर्माले आउँदो शनिबार लगनगाँठो कस्ने भएकी छन् । राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग उनले मंसिर २१ गते विवाह गर्न लागेकी हुन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् विवाहको मिति घोषणा गरेकी हुन् । २ वर्ष लामो प्रेम सम्बन्धलाई ऋचाले विवाहमा परिणत गर्न लागेकी हुन् ।

दिपेक्क्षसँग अभिनेत्री ऋचा प्रेम सम्बन्धमा रहेको कुरा गएको बैशाखमा नै खुलेको थियो । उनीहरुले २०१९ को नयाँ वर्ष पोखरामा सँगै मनाएका थिए । तर, ऋचाले लामो समय प्रेम सम्बन्ध लुकाएर राखिन् । केही महिनायता भने उनले आफू प्रेम सम्बन्धमा रहेको र यसै वर्ष विवाह गर्ने जानकारी दिँदै आएकी थिइन् । अहिले उनी विवाहका लागि किनमेलमा व्यस्त रहेको जानकारी प्राप्त छ ।

हरेक भूमिकामा जीवन्त अभिनय गर्न सक्ने ऋचा आजभोली आफू निर्णायकको रुपमा रहेको कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । यसको उनले ६ भागको छायांकन सकिसकेकी छन् । त्यस्तै, हालै उनले चलचित्र ‘हिजो आजका कुरा’ को छायांकन पनि सकेकी छन् । विवाहको तयारी गर्नुपर्ने भएकाले निर्माण टिमले उनको पार्टको छायांकन सबैभन्दा अगाडि भ्याएको हो ।

अभिनेत्री ऋचा विवाहपछि एक महिना पारिवारिक भेटघाट र घुमफिरमा व्यस्त हुने तयारीमा छिन् । त्यसपछि मात्र उनी आफ्नो नियमित काममा फर्किने बताइएको छ । गएको कात्तिकमा उनले आफ्ना केही नजिकका साथीलाई पोखरामा ब्याचलर पार्टी दिएकी थिइन् । उनको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu