मित्रताको कथामा बन्ने ‘सँगसँगै’ को मुहूर्त



मधुसुदन भट्टराईको निर्देशन चलचित्र ‘सँगसँगै’ निर्माण हुने भएको छ । यो चलचित्रको शुक्रबार काठमाडौंको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ । माघबाट छायांकन सुरु हुने चलचित्रको मुहूर्त समारोहमा अभिनेता सौगात मल्ल, अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता मुकुन्द भुषाल, अभिनेत्री आश्मा गिरी, निर्देशक भट्टराई र लेखक लक्ष्मण सुवेदी उपस्थित थिए ।

साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने चलचित्रको मुहूर्त सटको निर्देशन ऋषिराज आचार्यले गरेका थिए । भने, क्यामेरा स्वीच अन चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले गर्दा निर्माता तथा वितरक करण श्रेष्ठले क्ल्याप ठोकेका थिए । त्यस्तै, चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश सिटौलाले नरिवल फोडेर चलचित्रको मुहूर्त गरिएको थियो ।

चलचित्रमा सौगात, मुकुन, सृष्टि, आश्मासँगै विकास चापागाई, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतका कलाकारले अभिनय गर्दैछन् । सुवानी फिल्मस्को ब्यानरमा तोरण क्षेत्री, विष्णु लामीछाने, रोशन केसी र बिष्णबहादुर क्षेत्री निर्माता रहेको चलचित्रलाई शिब ढकालले खिच्नेछन् भने ताराप्रकाश लिम्बूको संगीत छ ।

निर्देशक भट्टराईले दुई साथीबीचको मित्रता तथा झण्डै दुई दशकअघिदेखि अहिलेसम्मको नेपाली समाजको एउटा कालखण्डको कथामा ‘सँगसँगै’ बुनिएको बताए । उनले भने, ‘यो सामाजिक तथा पारिवारिक विषयको चलचित्र हो । जसमा नेपाली समाजको मौलिक जन-जीवनलाई समेटिएको छ ।’ उनले चलचित्रको कथा वास्तिक घटनाक्रमहरुसँग नजिक रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu