कस्तो छ ‘झिँगेदाउ’ मा केकीको लुक्स ?



चलचित्र ‘झिँगेदाउ’ को सेटबाट अभिनेत्री केकी अधिकारीको लुक्स सार्वजनिक भएको छ । यो चलचित्रमा उनले एक विवाहित गाउँले महिलाको भूमिका निभाएकी छन् । निर्माण टिमले सार्वजनिक गरेको तस्विरमा केकीलाई सिउँदोमा सिन्दुर, हातमा रातो चुरा, गलामा हरियो पोते र रातो चौबन्दी चोलीमा ऐनामा हेर्दै गरेको देख्न सकिन्छ । टिपिकल नेपाली पहिरनमा उनी निकै सुन्दर देखिएकी छन् ।

यसअघि नीर शाह निर्देशित चलचित्र ‘मसान’ मा उनलाई यस्तै लुक्समा देखिएको थियो । यसमा उनले विवाहित महिलाको भूमिका निभाएकी थिइन् । ‘झिँगेदाउ’ मा अभिनेत्री आँचल शर्माको पनि प्रमुख भूमिका छ । उनलाई पनि चलचित्रमा केकीको जस्तै लुक्समा देख्न पाइनेछ । केही दिन अगाडि निर्माण टिमले उनको लुक्स सार्वजनिक गरेको थियो । जुन दर्शकले निकै रुचाएका छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको ‘झिँगेदाउ’ को अहिले भकुेन्डेबेसीमा छायांकन भैरहेको छ । त्यहाँ इनडोर छायांकनका लागि भव्य सेट निर्माण गरिएको छ । खोटाङको हलेसीमा छायांकन सकेर निर्माण टिम भकुन्डेवेसी झरेको हो । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो । चलचित्रका निर्माता निर्देशक देउजा स्वयं हुन् ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको चलचित्रको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । भने, पटकथा एवं संवाद लेखक प्रदीप भारद्धाजले तयार पारेका हुन् । चलचित्रलाई विष्णु कल्पितले खिचिरहेका छन् । निर्देशक देउजाले यसअघि ‘मुना मदन’, ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायत एकसेएक हिट चलचित्र दर्शकलाई दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu