वाह् ! कति सुहाएको ऋचाको सिउँदोमा सिन्दुर



पर्दामा हरेक भूमिकालाई जीवन्तता दिन सिपालु मानिने अभिनेत्री ऋचा शर्माले शनिबार दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् । राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । गएको बैशाखमा ऋचा दिपेक्क्षको प्रेममा रहेको खुलेको थियो । तर, लामो समय उनी यसबारेमा मौन रहिन् । हालसालै प्रेम सम्म्बन्धको बारेमा खुल्ल थालेकी थिइन् ।

ऋचा प्रेमी दिपेक्षलाई श्रीमानको रुपमा पाउँदा खुसी छिन् । घर परिवारबाट वर्षौदेखि विवाहका लागि दबाब खेप्दै आएकी उनले अब जिन्दगीको नयाँ अध्याय सुरु गरेकी छन् । दुलहीको भेषमा उनले शनिबार श्रीमानको हात समातेको तस्विर फेसबुकमा साझेदार गर्दै आफ्ना शुभचिन्तकलाई जिन्दगीको अर्को सुनौलो प्रहरमा पनि माया तथा आर्शिवाद दिन आग्रह गरेकी थिइन् ।

हरेक युवतीका लागि दुलही हुँदाको क्षण सबैभन्दा अविस्मरणीय हुन्छ । त्यो ऋचालाई हेर्दा पनि महशुस गर्न सकिन्छ । उनले दुलहीको भेषमा सजिएको तस्विर दिनहुँ सामाजिक सञ्जालमा साझेदार गरिरहेकी छन् । मंगलबार उनले ‘सेलिब्रेटिङ ह्याप्पीनेश’ भन्दै भुईंसम्म घिस्रिएको रातो लेहंगामा सजिएको तस्विर सार्वजनिक गरेकी छन् । जसमा उनको सिउँदो सिन्दुरले रंगिएको छ ।

अब, उनी करीब एक महिना पारिवारिक भेटघाट र घुमघाममा व्यस्त रहने जानकारी प्राप्त छ । बैबाहिक जीवनमा बाँधिनुभन्दा केही दिन अगाडि मात्र चलचित्र ‘हिजो आजका कुरा’ को छायांकन सकेकी उनी अहिले टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छन् । यसमा उनी निर्णायकको भूमिकामा छिन् । आउँदो बिहीबार ऋचा र दिपेक्षले भब्य रिसेप्सन पार्टी दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu