निर्माता ओझालाई साधारण तारेखमा छाड्न आदेश



बहुविवाहको मुद्दा चलाइएका चर्चित चलचित्र निर्माता छविराज ओझा साधारण तारेखमा छुटेका छन् । जिल्ला अदालत काठमाडौले उनलाई मंगलबार तारेखमा छाडेको हो  । न्यायधीश मुकेश उपाध्यायको एकल इजालसले निर्माता ओझालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता ओझा मंगलबार जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए ।

आफूसँग डिभोर्स नै नगरि श्रीमान् ओझाले शिल्पा पोखरेलसँग विवाह गरेको भन्दै हेमाले दुबै विरुद्ध गएको साउन ६ गते प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न आदेश दिएसँगै छवि र शिल्पा फरार थिए । गएको कात्तिक अन्तिममा जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी शिल्पालाई अदालतले साधारण तारेखमा छाडेको थियो ।

श्रीमान् ओझा विरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिंसाको उजुरी दिएपछि सुरु भएको दुईको विवाद डिभोर्ससम्म आइपुगेको थियो । प्रहरीले दुबैलाई कहिल्यै झगडा नगर्ने कागजी सम्झौता गरेर घर फर्काए पनि शिल्पाले श्रीमान् ओझाको आधा अंश माग गर्दै जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् । दुईको विवादले उग्र रुप लिँदै गर्दा छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्धा दायर गरेपछि कथामा नयाँ ट्विस्ट आएको थियो ।

छविले शिल्पालाई चौथो श्रीमतीको रुपमा घर भित्राएका थिए । उनको पहिलो श्रीमती हेमा हुन् । हेमा र छविबाट दुईवटा छोरा छन् । त्यस्तै, निर्माता ओझाकी दोस्रो श्रीमती गीताञ्जली सुनुवारको मृत्य भैसकेको छ । उनको तेस्रो श्रीमती अभिनेत्री रेखा थापा हुन् । १२ वर्षपछि दुईको डिभोर्स भयो । ६५ लाख लिएर रेखाले ओझासँग डिभोर्स गरेकी थिइन् । रेखासँग डिभोर्स भएको १० दिनपछि (२९ असार ०७३) ओझाले गुपचुप रुपमा शिल्पासँग विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu