सन्जीव र निकिताको ‘प्रेम कहानी’ (भिडियो)



काठमाडौं। गायक सन्जीव खरेल र निकिता थापाको स्वरमा तयार भएको गीत ‘प्रेम कहानी’को भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियामा रहेका गायक खरेलको नयाँ गीतमा मोडल उषा उप्रेती र सागर थापाको अभिनय रहेको छ ।

टिकटकमा करिब ४ लाख फलोअर्स पाउन सफल सुन्दरी उषा भिडियोमा गज्जबसँग खुलेकी छिन् । प्रविन भट्टले सम्पादन र निर्देशन गरेको गीतको भिडियोमा उषा र सागरको प्रेम रोमान्सलाई युवा अवस्थामा प्रेम रहेका हर जोडीको कथालाई निर्देशकले रमाइलो शैलीमा कैद गर्न सफल देखिन्छन् ।

अनिल के मानन्धर र करन चैसरको छायांकन रहेको भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको रहेको छ । गायक स्वयंको शब्द रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu