‘रावण’ बने गजित (भिडियो)



काठमाडौं। रचनाकार मनिष बशिष्टको शब्दमा रहेको रावण स्तुतिगानको भिडियो रिलीज भएको छ । भिडियोमा अभिनेता गजित विष्ट रावण बनेका छन् ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘रावण’ गीत भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको आवाज तथा उनीहरूकै संगीत सुन्न सकिन्छ ।

‘रावण’मा धार्मिकग्रन्थमा उल्लेख भएअनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको छ । रावणलाई आमजनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी दिइएको कारण उनीलाई नकारात्मक दृष्टीले हेर्ने गरिन्छ । तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको छ ।

गीतको भिडियोलाई गम्भीर बिष्टको निर्देशनमा तयार पारिएको हो । नवराज उप्रेतीको कोरियोग्राफी, नविन निरौलाको सम्पादन तथा उप्रेतीकै छायाङ्कनमा भिडियो तयार छ ।
भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu