‘दबंग ३’ को पहिलो दिने कमाई ठिकठाक



सलमान खानको ‘दबंग ३’ ले बक्सअफिसमा ठिकठाक सुरुवात गरेको छ । चलचित्रले पहिलो दिन घरेलु बजारमा २४ करोड ५० लाखको व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले चलचित्रको फर्स्ट डे कलेक्सन सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् । यो चलचित्रले सबै भर्सनबाट २४ करोड छापेको हो ।

चलचित्र रिलिजभन्दा अगाडि ‘दबंग ३’ ले पहिलो दिन ४० करोडको आसपासमा व्यापार गर्ने अनुमान गरिएको थियो । तर, चलचित्रले २५ करोडको आँकडा पनि पार गर्न सकेन । अहिले भारतका विभिन्न स्थानमा नागरिकता संशोधन एक्टको विरुद्धमा प्रदर्शन चलिरहेका कारण त्यसको असर चलचित्रको व्यापारमा परेको हुनसक्ने कतिपयको विश्लेषण छ ।

‘दबंग ३’ ले पहिलो दिन अपेक्षाकृत व्यापार गर्न नसके पनि यसले कयौं चलचित्रको रेकर्ड तोडेको छ । प्रभुदेवाको निर्देशनमा बनेको चलचित्रले सलमानको सात चलचित्रलाई पछाडि छाडेको छ । यसमा दबंग (१४.५० करोड), वीर (७ करोड), रेडी (१३.१५ करोड), बडीगार्ड (२१.६ करोड) , दबंग २ (२१.१० करोड), जय हो (१७.७५ करोड), ट्यूबलाइट (२१.१५ करोड) सामेल छ ।

‘दबंग ३’ मा सलमानसँगै सोनाक्षी सिन्हा, सई मान्जरेकर, अरबाज खान, प्रमोद खन्ना पनि प्रमुख भूमिकामा छन् । त्यस्तै, भिलेनको रोलमा साउथका सुपरस्टार सुदीप किच्चा छन् । चलचित्रलाई अरबाज खानले निर्माण गरेका हुन् । ‘दबंग’ को दोस्रो पार्ट सन् २०१२ मा आएको थियो । चलचित्रको कथा सलमान स्वयंले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu