स्पेनिस फ्लेवरमा पदमले ल्याए ‘कहिँ कतै’ (भिडियो)



गायक पदम भट्टराईको स्वरमा रहेको ‘कहिँ कतै तिम्रो सम्झनामा’ बोलको गीत सार्वजनिक भएको छ । गणेश न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा विक्रम कार्कीको एरेञ्ज छ । काठमाडौंका विभिन्न स्थानमा खिचिएको गीतको भिडियोमा गायक भट्टराई स्वयं फिचर्ड छन् । उनीसँगै मोडल सोनिका केसी पनि देखिएकी छन् ।

गायक भट्टराईको आफ्नै यूट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको रोमान्टिक थिमको भिडियोको निर्देशन नियोन क्रियशन स्टूडियोले गरेको हो । गीतले पदम र सोनिकाको प्रेम भाव बोल्छ । भिडियोमा दुईको केमेस्ट्री सुहाएको देखिन्छ । गायक भट्टराईले यसपटक आफूले दर्शक तथा स्रोतालाई स्पेनिस फ्लेवर दिन खोजेको बताए ।

क्यानाडा निवासी गायक भट्टराईले तीन वर्ष अगाडि ‘कहिँ त होला’ बोलको गीत सार्वजनिक गरेका थिए । यो गीतबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएका उनी यसपटक पनि दर्शक तथा स्रोताको माया पाउनेमा आशावादी छन् । सानैदेखि गीतसंगीतमा रुचि राख्ने उनी चाँडै नयाँ गीत पनि लिएर आउने तयारीमा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu