चर्चित गायक रामकृष्ण ढकालको डिभोर्स



आधुनिक नेपाली संगीत क्षेत्रका उज्ज्वल नक्षत्र रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो ।

ढकाल दम्पतिले मंगलवारमात्र जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । न्यायाधीश विदुर कोइरालाको इजलासले रामकृष्ण र निमलको सम्बन्ध विच्छेदको निर्णय सुनाएको हो ।

रामकृष्ण र निमलबीच मंसिर १४, २०५९ मा विवाह भएको थियो । दुईको एक छोरी छिन्, रानी । बैबाहिक जीवनमा बाँधिएको १७ वर्षपछि सम्बन्ध विच्छेद गरेको यो जोडीमाथि केही समय अगाडि ललितपुरस्थित श्री लालीगुराँस सहकारीले करिब ५ करोड ऋण नतिरेको आरोप समेत लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu