‘डबल माया’ बेव सिरिज जनवरी १ बाट



युवापुस्ताले मायालाई कसरी लिन्छन् ? र युवावस्थाको प्रेम कस्तो हुन्छ ? भन्ने विषयवस्तुमा निर्माण गरिएको बेव सिरिज ‘डबल माया’ यही जनवरी १ बाट प्रसारण हुने भएको छ । पौष ४ गते शुक्रबार म्युजिक हाइलाइटको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘डबल माया’ को ट्रेलरले राम्रो प्रतिकृया पाएको छ ।

एक्सन मिडिया अन्र्तगत रहेर म्युजिक हाइलाइटको प्रस्तुतीमा निर्माण हुने सिरिजको केहि दिनअघि फस्र्ट लुक्स पोस्टर समेत सार्वजनिक भएको थियो । ‘डबल माया’ मा थिएटर कलाकारसहित अहिले म्युजिक भिडियोमा ब्यस्त कलाकारहरुको अभिनय देख्न पाइनेछ ।

शेरबहादुर थापा मगरको लगानी रहेको ‘डबल माया’ को कथा, पटकथा तथा निर्देशन दिलिप समनले गर्ने भएका छन् । अहिलेको पुस्तामा हुने प्रेम र त्यसभित्रको अन्र्तकथा बेव सिरिज ‘डबल माया’ मा रहने निर्देशक समनले बताए । विशेष गरि युवा केन्द्रित सिरिज बनाउने सोचका साथ डबल मायालाई निर्माण गरिएको निर्माता मगरले जानकारी दिए ।

‘डबल माया’ मा नरेन भट्टराई, सिर्जना जि.सी., कौशल नेपाल, अभिलासा शर्मा, जीवनजङ्ग थापा, आयुष घले मगर, गुराँस राई, रीजन कार्की र निक्सोन लोहनीको अभिनय रहनेछ ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu