‘कहिले माया’ मा उदितको स्वर (भिडियो)



नेपाली मुलका भारतीय गायक उदित नारायण झाले आवाज दिएको अर्को नयाँ नेपाली गीत ‘कहिले माया’ सार्वजनिक भएको छ । लामो समयदेखि भारतमा बस्दै आएका झाले धेरैपछि नेपाली गीत गएका हुन् । उनले गाएको यो गीत एस.आर.सी फ्लिम्सले बजारमा ल्याएको छ।

गीतमा शब्द बिद्या प्रसाद घिमिरेको छ भने संगीत मनोज सिंहको रहेको छ । केही म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेका एक आशलाग्दा मोडल साजन कटेल र मिनाक्षी महोताराको अभिनय रहेको भिडियोको निर्देशन भने सुरेन्द्र बस्यालले गरेका हुन् ।

राम कुमार केसीको छायांकन रहेको भिडियोको सम्पादन भने टेकेन्द्र साह रहेका छन् । रोमान्टिक थिमको गीतको भिडियोको निर्माण सम्मान चौलागाईले गरेका हुन् । निर्देशक बस्यालले गीत भिडियो आकर्षक बनाउन कुनै कसर बाँकी नराखेको बताउँछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu