२६ वर्षदेखि आमिर र सन्नीबीच बोलचाल छैन



बलिउडका चर्चित अभिनेता हुन्, आमिर खान र सन्नी देवल । तर, उनीहरुबीच बोलीचाली नभएको वर्षौ भैसकेको छ । उनीहरुको सम्बन्ध कसरी र किन बिग्रिन पुग्यो त ?

सन्नी देवल र आमिर खानबीच चलचित्र ‘डर’ का लागि कुराकानी गरिएको थियो । उक्त चलचित्रमा सन्नी देवल हिरोको पात्रमा र आमिर भिलेनको पात्रमा देखाइने भएको थियो ।

तर, उक्त चलचित्रमा अन्तिम स्टोरीमा आमिरले परिवर्तन चाहेका थिए । तर, सन्नी देवल मानेनन् । सन्नीले आमिरको कुरालाई हावामा उडाइदिए । त्यसपछि आमिरले उक्त चलचित्र छोडे ।

उनको सट्टामा पछि शाहरुखलाई लिइयो । उक्त ‘डर’ चलचित्र सुपरहिट हुन पुग्यो । त्यसका कारण पनि आमिर झन् चिढिन पुगे । विगत २६ वर्षदेखि आमिर र सन्नी देवलबीच बोलीचाली छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu