सरिता भारती र रामकुमारले ल्याए ‘लुडो र तास’ (भिडियो)



गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारती र गायक रामकुमार बस्नेतले आफ्नो स्वरमा रहेको नयाँ गीत ‘लुडो र तास…’ श्रोता दर्शकमाझ ल्याएका छन् । नयाँ वर्ष सन २०२० को इभ अबसर पारेर डिसेम्बर ३१ राती यो गीतको भिडियो ‘ब्युटी न्युज नेपाल’ को च्यानलबाट रिलिज गरिएको हो ।

यस अघि लोक पप गीत ‘मेरो जवानी…’ ल्याएर विभिन्न अवार्ड समेत जितेकी सरिताको लुडो र तास पहिलो लोक दोहोरी गीत हो । पप आधुनिक गीत यस अघि दर्शकमाझ ल्याईसकेकी सरिताले लोक दोहोरी गायनमा ‘लुडो र तास….’ बाट डेब्यु गरेकी छिन् ।

गायिका सरिता भारती र गायक रामकुमार बस्नेतको यो लोक दोहोरी गीत लुडो र तास…समाजमा रहेको बिकृति बिसँगति बिरुद्ध तयार गरिएको गीत हो । नेपाली युवाहरु नेताकै कारण बेराजगार भएपछि उनीहरुको दैनिकीलाई व्यँग्य गरेर यो गीत तयार गरिएको छ । गीतको भिडियो हास्यप्रधान बनेको छ ।

यो गीतमा अलिफ खानको सँगीत रहेको छ । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई सञ्चारकर्मी प्रदीप कँडेलले लेखेका हुन् ।
गीत लुडो र तासलाई यो गीतका गायक रामकुमार बस्नेतले नै निर्देशन र प्रदिप भण्डारीले मुख्य सहायक निर्देशन गरेका हुन् । जसमा टँक केसीको छायाँकन, तार्जन खड्काको सम्पादन रहेको छ ।

यो गीतको भिडियोमा गायिका सरिता भारती आफैं मुख्य भूमिकामा रहेकी छिन् । जसमा सरिता भारतीसहित रामकुमार खत्री, मनिषा लोकान्द्री, कुमार खत्रीलगायतको अभिनय छ ।

मोडलिङको हिसाबले सरिता भारतीको यो पाँचौ म्युजिक भिडियो हो । यसअघि उनले मुटुमा तिमी मेरो…(आधुनिक), तिम्रो आँखामा… (आधुनिक), हे बैजु…(देउडा), शहर आएपछि…(लोक दोहोरी), मेरो जवानी…(पप आधुनिक) जस्ता गीतको भिडियोमा मोडलिङ गरिसकेकी थिईन भने अहिले आफ्नै गीत लुडो र तास…मा पनि मुख्य भूमिकामा छिन् ।

गायिका सरिता भारतीका अरु तीन ओटा गीतहरु तयार छन् । ती गीतहरु क्रमस रिलिज गर्दै जाने उनले बताएकी छिन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu