‘शुभ मंगल ज्यादा सावधान’ मा आयुष्मानको जोडी भूमि



अभिनेत्री भूमि पेडणेकर र अभिनेता आयुष्मान खुरानाले फेरि एकपटक स्क्रिन साभेदारी गर्ने भएका छन् । चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ मा उनीहरु एकसाथ देखिन लागेका हुन् । ‘शुभ मंगल सावधान’ मा धमाकेदार परफर्मेन्सपछि भूमि चलचित्रको दोस्रो भागमा पनि सामेल भएर फ्रेन्चाइजीसँग आफ्नो साझेदारी जारी राख्दैछिन् ।

चलचित्रको दोस्रो भागमा उनी एक विशेष रुपमा देखिने बताइएको छ, जुन पछिल्लो फिल्मको तुलनामा निकै अलग हुनेछ । भूमिको चलचित्रमा लिनुको कारण खुलाउँदै निर्माता आनन्द एल. रायले भने, ‘भूमि ‘शुभ मंगल सावधान’ परिवारको हिस्सा हुन् र उनको बिना हामी ‘शुभ मंगल ज्यादा सावधान’ बनाउने सोच्न पनि सक्दैनौं । चलचित्रमा उनी विशेष भूमिकामा देखिँदैछिन् । चलचित्रमा उनलाई दोहोर्‍याउन पाउँदा हामी निकै खुसी छौं ।’

२१ फेब्रअरीमा रिलिज हुने चलचित्रलाई हितेश केवल्यले निर्देशन गर्दैछन् । आयुष्मान र भूमिको जोडी बक्सअफिसमा निकै हिट मानिन्छ । यी दुईको जोडी बाँधिएको सबै चलचित्रले हिटको व्यापार गरेका छन् । उनीहरु पछिल्लो पटक चलचित्र ‘बाला’ मा देखिएका थिए । यो चलचित्रले बक्सअफिसमा डेढ सय करोडको व्यापार गरेको थियो । ‘बाला’ आयुष्मान खुरानाको करिअरको तेस्रो सय करोड चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu